It is a site for those who is eager to do math and get problem. It help them in finding solution
Saturday, June 27, 2015
Wednesday, June 24, 2015
Tuesday, June 23, 2015
गणितमा ७७% फेल
काठमाडौं, असार ९ - यसपालि ४ लाख ५ हजार जनाले एसएलसी परीक्षा दिएका थिए । त्यसमा एक लाख ९२ हजार उत्तीर्ण भए । २ लाख १३ हजार अनुत्तीर्णमध्ये १ लाख ६३ हजार ९ सय ७९ जना अर्थात् ७७ प्रतिशतको गणितमा बिग्रिएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार अनुत्तीर्णमध्ये ७० हजार ५७ जनाले मात्रै साउन २२ गते गणितको मौका परीक्षा दिन पाउँछन् । ‘अरू विषयभन्दा गणितमा धेरै विद्यार्थी अनुत्तीर्ण छन्,’ द्वारेले भने, ‘अब यो विषयमा कमजोरी हुनुको कारण पत्ता लगाएर अघि बढ्नुको विकल्प छैन ।’
पूर्व परीक्षा नियन्त्रक एवं गणित विषयका ज्ञाता चित्रप्रसाद देवकोटाले जग कमजोर हुँदाको असर एसएलसी नतिजामा देखिएको बताए । ‘जगै कमजोर छ । आधारभूत कुरा नसिकी विद्यार्थीले माथिल्लो कक्षाको विषयवस्तु बुझ्दैनन्,’ उनले भने, ‘पढाउने शिक्षकले हिसाब गर मात्रै भनेर हुँदैन । विद्यार्थीमा चासो जगाउन सक्नुपर्छ ।’ विद्यालयमा विद्यार्थीहरूलाई अभ्यासै कम गराइने उनको अनुभव छ ।
पाठ्यक्रम विकास केन्द्रको विज्ञमा सूचीकृत देवनारायण यादवले गणितमा सबैभन्दा बढी फेल हुनुमा शिक्षकलाई दोष दिन्छन् । ‘शिक्षकले तालिममा सिकेका ज्ञान कक्षाकोठामा पुर्याउन नसक्दा यस्तो समस्या भएको हो,’ कपिलवस्तु बहुमुखी क्याम्पसका गणित विषय शिक्षक उनले भने, ‘विद्यार्थीलाई बुझाउनुभन्दा पनि कसरी हुन्छ कोर्स सकाउने ध्याउन्न भयो । पढाउँदा शिक्षण सामग्री पनि प्रयोग भएन ।’ शिक्षकले कक्षामा जान्ने विद्यार्थीलाई मात्रै साथ दिई नजान्नेलाई छाड्दा यस्तो अवस्था आएको उनले बताए ।
सानोठिमीस्थित आदर्श उच्च माविका गणित शिक्षक ईश्वर श्रेष्ठले विद्यार्थीलाई हिसाब सिकाउने तरिका कमजोर हुँदा विद्यार्थी अनुत्तीर्ण हुने बताए । ‘शिक्षकले कक्षामा पढाए मात्रै, विद्यार्थीलाई बुझाउन सकेनन्,’ उनले भने, ‘सजिलो प्रश्न सोध्दा पनि समाधान गर्न गाह्रो भयो ।’ कतिपय विद्यालयमा विषयगत शिक्षक नहुँदा पनि नतिजा खस्किएको उनको बुझाइ छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले नतिजा सुधार गर्न शिक्षा संकाय नपढेकाले पनि लाइसेन्समा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरिएको बताए । ‘शिक्षा संकाय पढेकामा विषयवस्तुप्रति जति ज्ञान हुनुपर्ने हो, त्यसको अभाव छ,’ उनले भने, ‘त्यसको असर नतिजामा देखियो ।’ सरकारले गत माघ २६ मा शिक्षक सेवा नियमावली संशोधन गरी विज्ञान, गणित, अंग्रेजी, लेखालगायत विषयमा अन्य संकाय पढेकाले समेत शिक्षक लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: २०७२ असार ९ ०७:२९ , श्रोत : कान्तिपुर पत्रिका
Monday, June 22, 2015
Obtain the equation of osculating plane at a point of a space curve. Define the point of inflexion and inflexional tangent. Prove that when a curve is analytic we can obtain a definite osculating plane at a point of inflexion unless the curve is a straight line. Show that if the curve is a straight line. Show that if the curve is given in general parameter ‘u’, the above equation of osculating plane reduces to [ R-r r ̇ r ̈ ] = 0
Subscribe to:
Posts (Atom)

